ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड बचतमा

२०७९ फागुन, २८  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको सात महीनामा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यो अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार सो अवधिमा चालू खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)