ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जिल्लाकै उत्कृष्ट महिला उद्यमी तुलसा, तीन लाखबाट शुरू गरेको व्यवसायले करोडौं कमाइ

२०७९ फागुन, २८  
समाचार
Tvs Raider Image Not Found

दाङ । गरे के हुँदैन ? भन्ने भनाइ नेपाली समाजमा निकै सुनिन्छ । तर काम गरेर देखाउनेको सङख्या भने निकै कम हुन्छ । तर सामान्य काममा पनि निरन्तरको मेहनत र लगाव हुने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी  छन् दाङ तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५८ वर्षे तुलसा बुढा मगर । 

पछिल्लो डेढ दशकदेखि च्याउखेती गरिरहेकी मगरले हाल वार्षिक आठ लाखसम्म बचत गर्छिन् । चौध वर्ष स्वयम्सेविकाका रुपमा विभिन्न जिल्ला पुगी सेवा गरेकी उनले चितवनको च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउँछिन् । 

दुई सन्तानकी आमा मगरलसामान्य लेखपढ हुन ।व्यवसायमा श्रीमानको राम्रो साथ पाउँदा च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएकी उनले केन्द्रीयस्तरका धेरै पुरस्कार समेत प्राप्त गरेकी छन् । गत वर्ष पनि  तुलसीपुर उपमहानगरपालिले  उनलाई उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत गरेको थियो ।

'धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानुहुन्छ, तर स्वदेशमै पनि केही गर्न सकिन्छ', उनले भनिन्, 'गाउँमै पनि थोरै लगानीमा आयआर्जनमूलक व्यवसाय गर्न सकिन्छ ।' उनले च्याउ बिक्रीबाट हालसम्म आफूले लाखौं रकम बचत गरी पक्की घर तथा सम्पत्ति जोडेकी छन्  ।

विगत डेढ दशकदेखि च्याउखेतीमा संलग्न उनले अहिले च्याउ उद्योगमा चार जनालाई रोजगारी दिएको  छन् । एक सफल उद्यमी महिलाको रुपमा स्थापित भएकी मगरले उत्पादन गर्ने च्याउबाट अचार, सुकुटीलगायतका उत्पादन दाङ तथा जिल्ला बाहिर पनि जाने गरेको छ ।

'अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने हो', उनले भनिन्, 'यसका लागि सबैको सहयोग आवश्यक छ ।' अहिले ताजा च्याउप्रति प्रतिकेजी रुपैयाँ दुई सयदेखि रू दुई सय बीससम्म बिक्री गर्छिन् । साथै च्याउको सुकुटी प्रतिकेजी तीन सयदेखि तीन सय ८० सम्म र च्याउको अचार प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म बिक्री गदै आएकी छन् ।

अहिले च्याउको सिजन भएकाले पनि उनको उद्योगमा च्याउ खरिद गर्ने जानेको सङ्ख्या बढ्दो छ । उनी बिहानैदेखि बेलुकासम्म च्याउ बिक्रीमै व्यवस्त देखिन्छिन्।

 शुरूका दुई वर्षसम्म गङ्गामाला समूह खोलेर च्याउखेतीको शुरूआत गरेकी उनले हाल आफनै च्याउ प्रशोधन केन्द्र समेत सञ्चालन गरेको छन् । तीन लाखबाट निजी च्याउ उद्योगको शुरूआत गरेकी उनले हालसम्म च्याउखेतीबाट गरेको आम्दानीले  एक करोड मूल्य बराबरको पक्की घर खरिद तथा च्याउखेतीका लागि आवश्यक सामग्री खरिद गरेको बताउँछिन् ।

त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । 'अहिले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । यसबाट पनि सफल भए जिल्लाका अन्य स्थानमा च्याउखेतीको तालिम दिन जाने योजना बनाएकी छु,'उनले भनिन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)