ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

निक्षेप पलायन भएर थप बैंक असफल हुन नदिन नयाँ कोष खोल्ने विचारमा अमेरिका

२०७९ फागुन, २८  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ र फेडरल निक्षेप बीमा कर्पोरेशनले नयाँ कोष स्थापनाबारे विचार गरिरहेका छन् ।

निक्षेपकर्ताहरूले बैंकमा भएको आफ्नो पैसा धमाधम फिर्ता लैजान थालेपछि बैंक सिलिकन भ्याली बैंक (एसभी बैंक) धराशयी बन्यो । भविष्यमा यस्तै खालका अवस्था आएर थप बैंकहरू पतन हुने अवस्था रोक्न सो कोष ल्याउन विचारविमर्श भइरहेको छ । 

नियाकहरूले बैंकका कार्यकारीहरूसँग मिलेर नयाँ विशेष संयन्त्रबारे छलफल थालेका छन् । यो उपायले निक्षेपकर्ताहरूलाई मेरो पैसा डुब्दैन भन्नेमा आश्वस्त पार्ने र त्रास कम गर्न मद्दत गर्ने आशा छ ।

एसभी बैंकको अवसानपछि भेञ्चर क्यापिटल र स्टार्ट अप समुदायमा भने थप लगानीको जोहो कसरी गर्ने अनि अन्य बैंकको स्वास्थ्य अवस्थाबारे त्रास फैलिएको छ । यस्तोमा बैंकहरूको सञ्चालनलाई निरन्तरता दिने योजनाअन्तर्गत नयाँ कोष खोल्ने योजना बनाइएको हो । यो खबरबारे फेडले कुनै प्रतिक्रिया दिएको छैन ।

एसभी बैंकको असफलता र यसले निम्त्याउने सक्ने खतराहरू नियन्त्रण गर्न अमेरिका सरकराले पहल शुरू गरिसकेको बताइएको छ । बैंकको वित्तीय अवस्थाबारे शंका गर्दै आफ्नो निक्षेप फिर्ता लैजान बैंकमा निक्षेपकर्ताहरूको भीड लागेपछि (बैंक रन) एसभी बैंक ४८ घण्टा भित्रै धराशयी बन्यो ।

बैंकमा निक्षेपकर्ताहरूले दुई दिनमा ६० अर्ब डलरभन्दा बढीको निक्षेप झिकेका थिए । यो खबरले शेयर बजार राताम्मे बनेको थियो भने अमेरिकी बैंकहरूले १ खर्ब डलरभन्दा बढीको बजार पूँजीकरण गुमाएका थिए । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)