ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धनीका कारण कसरी गरीब हुँदैछ देश ? पर्यटनको कुल आम्दानीभन्दा बढी शिक्षामा बाहिरिन्छ पैसा !

२०७९ फागुन, २८  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ७ महीनामा खुद सेवा आय ३८ अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवको तुलनामा खुद सेवा आयको घाटा कम हो । अघिल्लो आवको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब ९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत यो अवधिमा भ्रमण आय १०७ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । ७ महीनाको अवधिमा  नेपाल आउने पर्यटकले ३२ अर्ब २४ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १५ अर्ब ५४ करोड रुपैयाँ मात्रै रहेको थियो । 

राष्ट्र बैंकका अनुसार यो अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ५६.६ प्रतिशतले बढेर ६२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ४३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ मात्रै रहेको थियो ।

कोभिड पछि नेपालको पर्यटन  व्यवसायमा सुधार आउँदा सेवा आय १०७ प्रतिशतले बढेपनि शिक्षा तर्फको व्यय पनि सतप्रतिशत बढ्दा सेवा आय खाता  नाफामा जान नसकेको हो ।

नेपालीहरूले शिक्षा तर्फको व्यय (४३ अर्ब ७४ करोड रुपैयाँ) नगरेको भए नेपालको सेवा खाता (हाल ३८ अर्ब ४५ करोड रुपैयाँ घाटामा) ५ अर्ब रुपैयाँ भन्दा बढीले नाफामा हुने थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)