ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपालले जोगायो एक दिवसीय अन्तरराष्ट्रिय मान्यता, विश्वकपमा पुग्ने सम्भावना कायमै

२०७९ फागुन, २८  
खेलकुद समाचार विविध
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालले आगामी ४ वर्षका लागि क्रिकेटको एक  दिवसीय अन्तरराष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । 

आइतवार कीर्तिपुरमा भएको आईसीसी विश्वकप क्रिकेट लिग टू को अन्तिम  त्रिदेशीय श्रृङ्खलाको दोस्रो खेलमा यूएईलाई १७७ रनको विशाल अन्तरले पराजित गरेसँगै नेपालले एक दिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाएको हो ।

अब नेपालले श्रृङ्खलामा बाँकी रहेका दुवै खेल जितेमा सिधै विश्वकप छनोटमा पुग्ने छ । हारसँगै यूएईले भने ओडीआई मान्यता जोगाउन प्लेअफ नै कुर्नुपर्ने भएको छ । अमेरिकाको ओडीआई मान्यता भने जोगिएको छ । नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । अमेरिका पाँचौ र यूएई छैटौ स्थानमा छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको थियो । २४९ रनको लक्ष्य पाएको यूएईले भने मात्र २२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्र  बनाउँन सक्यो ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ५ विकेट लिए । सन्दिप लामिछानेले २ विकेट लिंदा सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १/१  विकेट   लिए ।

ब्याटिङ तर्फ कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाएका थिए । आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम शार्कीले २९ रन बनाएका थिए ।

यूएईका लागि  आयान खानले सर्वाधिक २९ रन बनाउँदा आश्वान्थ भलथापाले १४ र कार्थिक म्येप्पानले ११ रन बनाउनु बाहेक अरू  कुनै पनि ब्याट्सम्यनजले दोहोरो अंकमा रन  बनाउन सकेनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)