ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१५ अर्ब बराबरको ट्रेजरी बिल निष्कासन गर्दै नेपाल राष्ट्र बैंक, सोमवार बोलकबोल

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि अर्थात् सोमबार (फागुन २९ गते) रू. १५ अर्ब बराबरकोे ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले फागुन ३० गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनको लागि रू. ५ अर्ब, ९१ दिनका लागि रू. ५ अर्ब र ३६४ दिनका लागि रू. ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।

यी ट्रेजरी बिल क्रमशः चैत २८ गते, २०८० जेठ ३० गते र २०८० फागुन २९ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलका भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)