ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कारोबार रोक्का गरिदिन दुई कम्पनीले दिए नेप्सेमा निवेदन

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मर्जर प्रक्रिया पूरा गरी  फागुन ३० गतेबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त  वित्तीय संस्थाले शेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पत्राचार गरेका छन् । 

एकीकृत कारोबार प्रारम्भ भएको मितिबाट १५ दिनका लागि शेयर कारोबार रोकिदिन दुवै कम्पनीले नेप्सेसँग अनुरोध गरेका हुन् । 

मर्जरपछि गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९, बमोजिम गाभ्ने/गाभिने कम्पनीको शेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार भएको मितिदेखि १५ दिनका लागि शेयर कारोबार रोक्का हुने व्यवस्था छ ।

मर्जरपश्चात् सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)