ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डीपी तथा आरटीएस सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले डीपी तथा आरटीएससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संघले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को समन्वयमा शुक्रवार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । मर्चेन्ट बैंकरहरूद्वारा आफ्ना ग्राहकहरूलाई डीपी तथा शेयर रजिष्ट्रार सेवा प्रदान गर्दा आइपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यावहारिक समस्याहरू समाधानका निम्ति उक्त कार्यक्रम आयोजना गरेको बताइएको छ ।

कार्यक्रममा २५ डीपी तथा शेयर रजिष्ट्रार सेवा प्रदायक संस्थाहरूबाट ४६ जना कर्मचारीहरूको सहभागिता रहेको थियो । सीडीएससीका सूचना प्रविधि विभागका विभागीय प्रमुख तथा सहायक प्रबन्धक सुरेश न्यौपाने र कार्य सञ्चालन विभाग तथा गुनासो व्यवस्थापन विभागका अधिकृत देवराज रिजालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

डीपी तथा शेयर रजिष्ट्रार सेवा प्रदायक संस्थाहरूले नियमनकारी निकायबाट तोकिएका नीति नियम, कार्यविधि तथा समय-समयमा जारी हुने निर्देशनबमोजिम सेवा प्रदान गर्दै आएका छन् । मर्चेन्ट बैंकरहरूले हरेक दिन सीडीएससीको समन्वयमै काम गर्दै आएको बताएका छन् ।

सबै मर्चेन्ट बैंकिङ संस्थाहरूले प्रदान गर्ने सेवाहरू एकै किसिमको हुने भएकाले डीपी तथा शेयर रजिष्ट्रारको सेवा प्रदान गर्दा आइपर्ने प्राविधिक तथा व्यावहारिक समस्या पनि एकै किसिमको हुने गरेको मर्चेन्ट बैंकरहरूको भनाइ छ ।

सामूहिक रूपमा अन्तरक्रिया गरी डीपी र आरटीएस सेवा प्रदान गर्दा भोगेका समस्या र समाधानका विषयमा छलफल गरिएको जानकारी संघले दिएको छ । यस छलफलबाट आगामी दिनमा सबै डीपी तथा आरटीएस सेवा प्रदान गर्ने संस्थाहरूले छिटोछरितो एवं गुणस्तरीय सेवा प्रदान गर्न सहयोग मिल्ने आशा संघले गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)