ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रभु स्मार्ट फण्डको इकाई खरीदका लागि मागभन्दा १.३२ गुणा बढी आवेदन

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ देखि २८ गतेसम्म विक्री गरेको प्रभु स्मार्ट फण्डको इकाई खरीदका लागि मागभन्दा १ दशमलव ३२ गुणा बढी आवेदन परेको छ ।

योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले अन्तिम दिनसम्म संस्थाहरूसहित सर्वसाधारणबाट १० करोड ५२ लाख ९६ हजार २०० इकाई खरीदको लागि आवेदन परेको जानकारी दिएको हो । योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री खुला गरिएको थियो । 

कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । 

क्यापिटलले रू. ८० करोड रकम बराबरको ‘प्रभु स्मार्ट फण्ड’ नामक योजना सञ्चालनका लागि इकाई निष्कासन गरे पनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्थाअनुसार रू. १ अर्ब बराबरको इकाई बाँडफाँट गर्ने बताएको छ । निर्देशिकामा भएको व्यवस्थाबमोजिम निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्कासन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिन्छ । 

बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यो योजना परिपक्व भएपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानूनबमोजिम इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)