ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुप ग्रामीण विकास बैंक निजीकरण भएन

२०७९ फागुन, २९  
१० वर्ष अघि
Tvs Raider NA

सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको निजीकरण प्रक्रिया अघि बढ्न सकेको छैन । यसको प्रमुख हिस्सेदार नेपाल राष्ट्र बैंकले ऋणात्मक पूँजीकोषलाई सकारात्मक बनाएर निजीकरण गर्ने योजना बनाए पनि प्रक्रिया अघि नबढेको राष्ट्र बैंक लघुवित्त विभागका निर्देशक जनक अधिकारीले बताए । ‘हाल यो बैंकको पूँजीकोष रू. १३ करोड ४६ लाखले  ऋणात्मक रहेको छ,’ उनले भने, ‘तर निजीकरणको प्रक्रिया कहिले सकिने हो त्यो अहिले नै भन्न सकिन्न ।’ राष्ट्र बैंकले प्रवद्र्धन गरेका पाँचवटा क्षेत्रीय ग्रामीण विकास बैंकमध्ये यो एउटामात्र निजीकरण गर्न बाँकी छ ।

एक दशक लामो सशस्त्र द्वन्द्व र सरकारी उपेक्षाले बैंक टाट पल्टेको बैंकका कार्यकारी प्रमुख चक्रबहादुर बम बताउँछन् । सशस्त्र द्वन्द्वका कारण गाउँगाउँसम्म जान नसक्नु र सरकारले सुदूरपश्चिमलाई गर्ने सौतेनी व्यवहारले स्थापना कालदेखि नै बैंक ओरालो लागेको बमको आरोप छ ।

बैंकसँग हाल रू. ४ करोड ९१ लाख मौज्दात रहेको छ । यसमा व्यक्तिगत र समूहगत खाताहरूसमेत जोडिएको र मौज्दात रकम विभिन्न बैंकमा जम्मा गरेर राखेको बैंकका वरिष्ठ अधिकृत हरिप्रसाद उपाध्यायले जानकारी दिए । ग्राहकले ५ सय ४८ खाता खोलेको भए पनि द्वन्द्वकालमा ५ सयभन्दा बढी खाता बन्द भएको उपाध्यायले अभियानलाई बताए ।

वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)