काठमाडौं । आइएमई पेले आइएमई पे वालेटमार्फत गरिने रिचार्जमा पाँच प्रतिशत क्यासब्याकको अफर यथावत् राखेको छ । टपअपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका साथ अफरलाई यथावत् राखिएको कम्पनीले जानकारी दिएको छ । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण टेवा पुग्ने र डिजिटल कारोबारमा सेवाग्राहीलाई अभ्यस्त बनाउने विश्वास कम्पनीको छ ।
सेवाग्राहीले रू. २ हजार रिचार्ज गर्दा रू. १००, रू. १ हजार रिचार्ज गर्दा रू. ५० र रू. १०० रिचार्ज गर्दा रू. पाँच क्यासब्याकका साथै हरेक रिचार्जमा पाँच प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।