काठमाडौं । मेट्रो सुपर मार्केटले सामान खरीदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छूट अफर सार्वजनिक गरेको छ । छूट अफरअन्तर्गत ग्राहकले मेट्रोमा कुनै पनि सामान खरीद गरी स्मार्टमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रू. १०० प्रति कारोबार र अफर अवधिभर रू. ३०० सम्म छूट पाउने छन् । स्मार्टमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले मेट्रोका शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छूट प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत मेट्रोका पेप्सीकोला, सानेपा र जोरपाटीस्थित शाखामा एनआईसी एशियाको मो–बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंकको हाई–एमबी, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास, पेवेल, एनक्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।