कास्की । मुस्ताङमा पश्मिनाको भुवाको गुणस्तर पहिचानका लागि नेपालमै नमूना संकलन गरिने भएको छ । नेपाल पश्मिना उद्योग संघ र अन्तरराष्ट्रिय व्यापार केन्द्रको सहकार्यमा मुस्ताङका चारओटै पालिकामा गरी १६० किसानका ८०० च्यांग्राबाट भुवाको नमूना संकलन गर्न लागिएको हो । आगामी चैत ८ गतेदेखि नमूना संकलन शुरू हुने भएपछि शुक्रवार पोखरामा मुस्ताङका स्थानीय तहका प्रमुख तथा वडाध्यक्ष, कृषक लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । सो अवसरमा मुस्ताङका जनप्रतिनिधिले नमूना संकलन कार्यलाई सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस