ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अन्तिम ऋणदाता सुविधा विनियमावली

२०७९ फागुन, २९  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली जारी गरेको छ । उसले मौद्रिक नीतिमा घोषणा गरिएको उक्त सुविधा कार्यान्वयन गर्न आइतवार विनियमावली ल्याएको हो ।  

बचतकर्ताको निक्षेपको दायित्व तिर्न नसक्ने, कर्जा दिन नसक्ने, अन्तरबैंक, खुला बजार कारोबार, स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएको यस्तो सुविधा प्राप्त हुनेछ । त्यस्तै इजाजतपत्र प्राप्त संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट  तत्कालको दायित्व पूरा गर्न नसक्ने अवस्था भएमा पनि अन्तिम ऋण सुविधा पाउनेछन् । प्रतिबद्धता जनाइसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थ व्यवस्थामा पर्ने भएमा, एक इजाजतपत्र प्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धराशयी हुने गरी प्रणालीगत जोखिम सृजना हुने अवस्था आएमा, वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा, प्राकृतिक प्रकोपको कारण तत्कालको दायित्व भुक्तान गर्न नसक्ने भएमा, असहज अवस्थाबाट आफ्नो दायित्व पूरा गर्न असमर्थ भएमा तथा इजाजतपत्र प्राप्त संस्था दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थ व्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सृजना हुन सक्ने भएमा पनि अन्तिम ऋणदाता सुविधा पाउने व्यवस्था विनियमावलीमा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)