ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अर्थतन्त्रका समस्या समाधान गर्न उद्योग संगठनको माग

२०७९ फागुन, २९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उद्योग संगठन मोरङले उद्योग व्यवसायमा गरिएको ठूलो लगानी जोखिममा पर्दा समेत सरकारको ध्यान नपुगेको गुनासो गरेको छ । यस्तो अवस्थामा सरकार अर्थतन्त्रको व्यवस्थापनमा भन्दा राजनीतिक विषयमा मात्र केन्द्रित हुनु दु:खद भएको संगठनको ठहर छ ।

आइतवार विज्ञप्तिमार्फत संगठनले उपयुक्त विधि, नीति तथा प्रक्रियाबाट अर्थतन्त्रलाई सही दिशामा ल्याइनुपर्नेमा जोड दिएको छ । अर्थ मन्त्रालय र उद्योग मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा राखिनुले अर्थतन्त्रको समस्याप्रति सरकार संवेदनशील नरहेको स्पष्ट हुने संगठनले बताएको छ । बजारमा व्याप्त आर्थिक शिथिलताका कारण बजार मागमा कमी आएको, बक्यौता उठ्न कठिनाइ भएको र उद्योगी व्यवसायीलाई वित्तीय व्यवस्थापनमा कठिनाइ भई व्यवसाय बन्द गर्नुपर्नेसम्मको अवस्था आएको संगठनको भनाइ छ । ‘राजनीतिक र आर्थिक व्यवस्थापनको समानान्तर विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने यथार्थलाई आत्मसात् गरी अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान स्थितिलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)