काठमाडौं । कुनै समय मसला विश्व व्यापारमा मुख्य वस्तुको रूपमा परिचित थियो । इतिहासविद्हरू प्राचीन समयमा भारतमा यही मसलाको व्यापारका कारण स्वर्णकाल आएको बताउँछन् । वर्तमान समयमा पनि मसलाको व्यापारले विश्व व्यापारमा महत्त्वपूर्ण स्थान हासिल गरिरहँदा नेपालमा पनि यसको व्यापारले गति लिन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका ११ ओटा देशहरूमा रू. ३ करोड मूल्य बराबरको ५५ मेट्रिक टन तयारी मसला निर्यात भएको छ । यस अवधिमा विश्वका पाँच देशबाट नेपालले रू. ४८ करोड मूल्य बराबरको ८७९ मेट्रिक टन तयारी मसला आयात गरेको छ ।