ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अरामकोले कमायो १६१ अर्ब डलरको कीर्तिमानी नाफा, ‘एकै वर्षमा धेरै नाफा गर्ने पहिलो कम्पनी’

२०७९ फागुन, २९  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

रियाद । साउदी अरबको तेल कम्पनी अरामकोले सन् २०२२ मा १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको छ ।  

उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो। यो कीर्तिमान नाफाको कारण तेलको उच्च मूल्य, उच्च विक्री र प्रशोधित उत्पादनको मार्जिनमा भएको वृद्धि रहेको बताइएको छ।

सूचना प्रविधि कम्पनी एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी बन्न पुगेको अरामकोले साउदी शेयर बजारलाई दिएको जानकारीअनुसार सन् २०२१ को ११० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खूद आम्दानी ४६ प्रतिशतले बढेको छ ।     
     
सन् २०१९ मा अरामको सूचीबद्ध कम्पनी बनेपछिको सबैभन्दा बलियो नतिजा हो । मुख्यतया कच्चा तेलको उच्च मूल्य र विक्री भएको परिमाण र बलियो प्रशोधन नाफाको प्रभावका कारण भएको कम्पनीले जारी गरेको प्रतिवेदनमा भनिएको छ । यसैगरी  कम्पनीले चौथो त्रैमासिकका लागि १९ दशमलव ५ अर्ब डलर लाभांश घोषणा गरेको छ। जुन अघिल्लो त्रैमासिकको तुलनामा ४ प्रतिशतले बढी हो।  
     
एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामार्डले जीवाश्म इन्धनको विक्रीबाट कम्पनीले एकै वर्षमा १६१ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउनु आश्चर्यजनक भएको बताएका छन् ।   
     
एम्नेस्टीले अरामकोको नाफालाई ‘एकै वर्षमा कुनै पनि कम्पनीले सार्वजनिक गरेको अहिलेसम्मकै सबैभन्दा धेरै’ भनेको छ र यसलाई ‘नवीकरणीय ऊर्जामा मानव अधिकारमा आधारित सङ्क्रमणको लागि वित्त पोषण गर्न प्रयोग गरिनुपर्छ’ भनेको छ । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)