ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुमारी बैंकको ३ लाख २१ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा, कसले खरीद गर्न पाउँछ ?

२०७९ फागुन, २९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख २१ हजार ३९४ कित्ता शेयर फागुन २९ गतेदेखि विक्रीमा ल्याएको छ । 

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । कम्पनीले शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बताएको छ । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने हो सो समेत खुलाएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले भनेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)