ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०७९ फागुन, २९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम  दिन आज अर्थात् सोमवार रहेको छ ।

यी दुवै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले आज सोमवार अर्थात् फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कृषि विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश ( करसहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभाले अग्राधिकार शेयरधनीलई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत १४ गते साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जानकारी कम्पनीले दिएको हो । 

त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर सहित १ दशमलव १५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)