काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी विष्णुकान्त चौधरीलाई प्रदान गरेको छ ।
फागुन २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत चौधरीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।