ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

२०७९ फागुन, २९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते देखि १६ गते सम्म बुक क्लोज गरेकाले फागुन ३० गते अर्थात मंगलवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत १६ गते साधारण सभा बोलाएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा दिनको १ बजे शुरु हुने कम्पनीले जानकारी गराएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)