ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सन्दिपले ५ विकेट लिएपछि पपुवा न्युगिनी विरुद्ध नेपाललाई ९६ रनको लक्ष्य 

२०७९ फागुन, २९  
खेलकुद
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा सन्दिप लामिछानेले फेरि एकपटक ५ विकेटको प्रदर्शन गरेका  छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीलाई  ९५ रनमै अलआउट गर्न सन्दिप लामिछानेले महत्वपूर्ण ५  विकेट लिएका हुन् ।

नेपालका लागि सन्दिप लामिछानेले १०  ओभरमा १ ओभर मेडन राख्दै २५ रन मात्र  खर्चिएर  ५  विकेट लिए । ललित राजवंशी  र कुशल मल्लले समान २/२ विकेट लिंदा सोमपाल कामीको नाममा  १ विकेट रह्यो ।

पपुवा न्युगिनीका लागि अस्सद भालाले सर्वाधिक २० रन जोड्दा सेसे बाउले १८, चार्लेस अमिनीले १६ र हिरि हिरिले १४ रन जोडे । अन्य कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि मात्र ३२ ओभरमा ९५ रनमा अलआउट भएको हो ।

नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित लिग २ को अन्तिम त्रिदेशीय श्रृङ्खलामा नेपालले यो सहित २ खेल खेल्न बाँकी  छन् । दुवै खेलमा विजयी भएमा नेपाल भारतमा हुने विश्वकप क्रिकेटको सोझै छनौट चरणमा  पुग्ने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)