काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शपथ ग्रहण लिंदैछन् । राष्ट्पति निवास शीतलनिवासमा आयोजित समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउँदै छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सहभागी छन् ।
सभामुख देवराज घिमिरे भने नेपाल बाहिर रहेकाले शपथ ग्रहणमा सहभागी हुन पाएनन् ।