ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एचएसबीसीले १ पाउन्डमा किन्यो एसभी बैंकको बेलायती व्यवसाय

२०७९ फागुन, २९  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found
फाइल फोटो

काठमाडौं ।  बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसीले हालै मात्रै धराशयी बनेको अमेरिकी बैंक सिलिकन भ्याली बैंक (एसभी बैक)को बेलायती एकाई किनेको छ ।  बैंकले १ पाउन्डमा बैंकको बेलायती व्यवसाय किनेको हो । 

मातृ कम्पनी टाट पल्टिएपछि बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)ले एसभी बैंक यूके लाई दामाशाहीमा राखिदिएको थियो । यस कारोबारमा माृत कम्पनी एसभी बैंकको सम्पत्ति र दायित्वलाई समावेश गरिएको छैन ।

 एसभी बैंक यूकेमा रहेको निक्षेपकर्ताको सबै रकम सुरक्षित रहेको आफूले पूष्टि गर्न सक्ने भन्दै बीओईले एक विज्ञप्तिमा भनेको थियो । एचएसबीसी बेलायतको सबैभन्दा ठूलो बैंक हो । सम्झौता तत्कालै देखि लागू भएको छ । यो सम्झौतासँग एसभी बैंक यूकेसामान्य अवस्थामा जसरी चल्नेछ ।

ग्राहकहरुले आफ्नो पैसा झिक्न, राख्न गर्न पाउनेछन् । एचएसबीसी बाहेक अन्य बैंकहरुले पनि एसभी बैंक यूके किन्ने प्रस्ताव बुझाएका थिए । तर बीओईले अर्थमन्त्रालयको सल्लाहमा बैंक एचएसबीसीलाई सुम्पिएको छ ।

उता फेडरल रिजर्भ पनि एसची बैंकको पतनका कारण त्रस्त बनेका लगानीकर्ता र बजारको मनोबल ब्यूँत्याउन लागि परेको छ । एकै हप्ताभित्र अमेरिकामा ठूला मध्ये तीन बैंक धरायशी बनेका छन् ।

आइतबार मात्रै राष्ट्रपति जो बाइडेनको प्रशासनले एसभी बैंक र सिग्नेचर बैंकका निक्षेपकर्ताको पैसामा सोमबारदेखि पहुँच दिने वाचा गरेको थियो ।   एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)