ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आत्मनिर्भर लघुवित्तको आईपीओले कति पाउला ओपन रेञ्ज ?

२०७९ फागुन, २९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू.३७१ दशमलव ८२ देखि १ हजार ११५ दशमलव ४६ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू ३७१ दशमलव ८२ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही आधारमा कम्पनीको आइपीओले  उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।  कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । 

कम्पनीको आईपीओ फागुन २८ गते बाँडफाँट भएको थियो । १६ हजार ९७६ जनाले मात्र शेयर प्राप्त गरेका छन् । पहिलो चरणमा १६ हजार ९७६ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी ५ कित्ता शेयर पाँच जनालाई थप एक कित्तासमेत ११ कित्ता शेयर पाएका हुन ।  कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ६९ हजार ७५५ कित्ता निष्कासन गरेको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)