ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको शेयर मूल्य समायोजन

२०७९ फागुन, २९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले कृषि विकास बैंक र  स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । यी दूइ ओटै कम्पनीका आज अर्थात फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन । 
नेप्सेले कृषि विकास बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य रू. २९९ को आधारमा २ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २९३ दशमलव १४ तोकेको छ ।
त्यस्तै नेप्सेले स्वरोजगार लघुवित्तको सोमवार कायम अन्तिम शेयर मूल्य रू. ८१० को आधारमा २२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६६३ दशमलव ९३ तोकेको छ । यही मूल्यको आधारमा यी दुई कम्पनीको मंगलवार देखि कारोबारमा आउनेछ ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)