काठमाडौं । सुदुरपश्चिमको कलासँस्कृति र पर्यटन प्रवर्द्धनका लागि 'हैजिरा फूल्याको छैक्या' बोलको देउडा गीत बनेको छ ।
सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लालाई समावेश गरेर बनाइएको देउडा गीतले त्यहाँको कलासँस्कृति र पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्येश्य राखिएको निर्माण टिमले जानकारी दिएको छ ।
चिसापानी एड्भेन्चर रिर्सोटका सञ्चालक तपेन्द्र रावलको शब्द रहेको उक्त गीतमा चर्चित देउडा गायक चक्र बम, रेखा जोशी, पुजा देवकोटा र तपेन्द्र रावल स्वयंले स्वर दिएका छन् । त्यसैगरी म्युजिक भिडियोमा पनि उनले स्वंय अभिनय गरेका छन् । करीब दुईवर्ष अघिनै रेर्कड गरिएको उक्त गीतको म्युजिक भिडियोको छायाँकनको काम भर्खरै सम्पन्न भएको छ ।
सुदुरपचिमको प्रदेशको प्रवेशद्वार चिसापानी कर्णाली पुल, कैलालीको घोडाघोडि ताल, त्रिवेणी धाम, कञ्चनपुरको वेदकोट ताल, अछामको रामारोसन, पञ्चदेवल, डडेलधुराको उग्रतारा मन्दिर र सुदुरपश्चिमको भु–स्वर्ग मानिने खप्तड क्षेत्र लगाएत सुदरका नौ ओटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु सहित भारतको मुम्बैमा उक्त गीतको म्युजिक भिडियो छायाँकन गरिएको गायक तथा निर्देशक तपेन्द्र राववले बताए ।
कोरोना कहरका कारण समग्र पर्यटन क्षेत्रमा देखिएको मन्दीले सुदरको पर्यटन व्यवसायलाई समेत नराम्ररी थलापारेकाले त्यहाँको पर्यटन प्रवर्द्धनका लागि गीत तयार पारीएको उनले जानकारी दिए ।
सुदुरपश्चिमको मौलिक भाषामा बनको यो गीतबाट उठेको रकमले विदेशी पर्यटकको समेत मन जित्न निकट भविष्यमा चिसापानी कर्णालीमा चारैतिर मुखाकृति भएको गौतमबुद्धको शालीक समेत स्थापना गर्ने उनको योजना छ ।
करीब २६ लाख रुपैयाँ लगानी लागेको उक्त म्युजिक भिडियो अबको केहि दिनमै राजधानिमा एक भव्य कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने छ ।