काठमाडौं । ‘सूर्य नेपाल गल्फ टुर २०२२–२३’ अन्तर्गतको पाँचौं प्रतियोगिता, ‘सूर्य नेपाल सेन्ट्रल ओपन’ आज (मंगलवार)देखि गोकर्ण गल्फ क्लबमा शुरू हुँदै छ ।
कुल ८ लाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगितामा ३१ प्रोफेसनल खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका विजेताले उपाधिसँगै १ लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ९० हजार रुपैयाँ र तेस्रो हुनेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश: ५५ हजार रुपैयाँ र ४७ हजार रुपैयाँ हात पार्नेछन् । साथै उत्कृष्ट २१ मा पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ