ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रविधिमैत्री प्रयोगशाला

२०७९ फागुन, ३०  
लुम्बिनी प्रदेश
Tvs Raider NA

तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा शुरुआत भएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुने उनको भनाइ छ ।

‘विगतमा हातले रिपोर्ट लेख्नुपथ्र्यो, त्यो गर्दा केही त्रुटि पनि आउँथे,’ उनले भने, ‘अब कम्प्युटरले सबै आफै लेख्नेछ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।’

उनका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम शुरू भएको छ । मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरीफाई गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ । यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उनको भनाइ छ । यो मेसिन दाङमै पहिलोपटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा शुरू भएसँगै सहज भएको उनले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)