काठमाडौं । आइएमई पेमा रिया मनी ट्रान्सफरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ । रियाको अनलाइन प्लेटफर्ममार्फत पैसा पठाउँदा रू. ५० सम्मको क्यासब्याक दिने कम्पनीले जानकारी दिएको छ । रेमिट्यान्स गर्दा रियाको अनलाइन पोर्टलमा गई आइएमई पेमा सीधै र तुरुन्तै पैसा पठाउन मिल्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ । आइएमई पे मोबाइल एप विद्युतीय भुक्तानी सेवा प्रदायक हो । पेमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत भुक्तानी कार्य गर्न सक्छन् । पेले ब्याज तथा विभिन्न क्यासब्याकको सुविधा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।