काठमाडौं । समृद्धि फाइनान्सको बुटवल शाखाले आइतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’भन्ने मान्यतालाई आत्मसात् गर्दै कार्यक्रम गरिएको संस्थाको भनाइ छ । यससँगै फागुन १८ गतेदेखि सञ्चालनमा आएको रक्तदान अभियान सम्पन्न गरिएकोे संस्थाले जानकारी दिएको छ । संस्थाले हाल आठओटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड लगायत सुविधा दिँदै आएको संस्थाको भनाइ छ ।