ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बसाइँ सरेर आउने परिवारलाई सम्मान

२०७९ फागुन, ३०  
कोशी प्रदेश
Jagdamba Supershine NA

इलाम । बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ । सोमवार वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र प्रदान गर्नुका साथै ढाकाटोपी लगाइदिएर सम्मान गरिएको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा वडाध्यक्ष नूतनदेव दुलालले उनीहरूलाई फूलमालासहित सम्मान गरे ।     

पहाडबाट तराईका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेकै अवस्थामा यस वडामा भित्रिने परिवारलाई वडाले सम्मान गरेको वडाध्यक्ष दुलालले बताए । उनीहरूको आम्दानीका लागि कृषिसम्बन्धी औजार, बीउबिजन र आवश्यक वस्तुसमेत वितरण गरिँदै आएको वडाध्यक्ष दुलालले बताए ।     

वडाकै रकमबाट बसाइँ सरेर आउने परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । यो वडा कृषिसम्बन्धी काम र घाँस उत्पादनका हिसाबले अगाडि रहेको उनको भनाइ छ । वडामा इलाम जिल्लाकै विभिन्न ठाउँबाट ११ परिवार भित्रिएका छन् । घट्दो जनसंख्या तथा बसाइँसराइले पहाड रित्तिने क्रम बढेपछि उनीहरूलाई यहीँ बस्न उत्साह थप्नसमेत यस्तो काम गरिएको वडाध्यक्ष दुलालले बताए ।     

किसानको आर्थिकस्तर माथि उकास्न नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख थापाले बताए । उनले पहिलादेखि नै कृषि र पशुपालनमा इलाम–४ अब्बल रहेकाले अझै पनि यस्ता काममा अगाडि बढ्न वडावासीलाई आग्रह गरे । सोही अवसरमा किसानलाई १२ प्रकारका कृषि बीउबिजनसमेत वितरण गरिएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)