ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मकवानपुरमा ३६ हजार भूमिहीन सुकुमबासी

२०७९ फागुन, ३०  
बागमती प्रदेश
Jagdamba Supershine NA

हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुमबासी रहेको बताएको छ । आयोगले पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० ओटा पालिकामा उक्त संख्यामा भूमिहीन सुकुमबासी रहेको जानकारी दिएको हो ।    

मकवानपुरका १० ओटै स्थानीय तहमा तीन सय ७९ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुमबासी तथा ३३ हजार तीन सय २६ जना अव्यवस्थित भूमिहीन बसोवासी रहेको र उनीहरूले जग्गा प्रमाणपत्रका लागि आयोगमा निवेदन दर्ता गरेको आयोगको भनाइ छ । आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीनहरूको जग्गा प्राप्तिसम्बन्धी निवेदन दर्ता भइसकेकोले उनीहरूले एक वर्षभित्र नै लालपुर्जा प्राप्त गर्ने बताए । जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले बाँकी त्यहाँको ३० जनाको जग्गा प्राप्त गर्ने प्रक्रिया शुरू भएको जानकारी दिए ।

आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकरी दिँदै पहिलो चरणमा भूमिहीन दलित र सुकुमबासीलाई लालपुर्जा दिइने बताए । यसकार्यमा सबैको सहयोग आवश्यक हुने उनको भनाइ छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहीन सुकुमबासीको समस्या छिटो समाधान गर्नुपर्ने विचार व्यक्त गरे । यसैबीच, भूमिअधिकार मञ्च हेटौंडाको अध्यक्ष पदमा गोविन्दप्रसाद न्यौपाने सर्वसम्मतले चयन भएका छन् । मञ्चको नगर उपाध्यक्ष पदमा टीकाप्रसाद भट्टराई, सचिव पदमा ज्ञानबहादुर थिङ, सहसचिव पदमा रुकमणि तिमिल्सिना र कोषाध्यक्ष पदमा अनुपा घलान चयन भएका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)