ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ओखलढुंगामा तीन वर्षमा २१ सवारी दुर्घटना्

२०७९ फागुन, ३०  
कोशी प्रदेश
Jagdamba Supershine NA

ओखलढुंगा । ओखलढुंगामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ । पछिल्लो तीन वर्षमा २१ सवारीसाधन दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो । आव २०७८/७९ मा नौ सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । चालू आव २०७९/८० को हालसम्म १० सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । पछिल्लो समय सवारीसाधन दुर्घटना बढेको प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले बताए ।     

यही फागुन २१ गते चिशंगढीको दियालेमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो । बाह्र जना घाइते भए । खानीभञ्ज्याङबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनाको प्रमुख कारण कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै हो । पाँचजनाको क्षमता भएको जीपमा १४ यात्रु थिए । अनियन्त्रित भई जीप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दास बताउँछन् । ‘सडक मापदण्ड अनुसारका छैनन् । जथाभावी खनिएका सडक साँघुरा, असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका छन् । यात्रु कोचेर बोक्ने चलन छ,’ उनले भने, ‘गाउँगाउँका सबै सडकमा प्रहरी परिचालन गर्न सकिने अवस्था छैन ।’ जिल्लाका आठओटै स्थानीय तहका ७५ ओटै वडाका टोेलटोलमा सडक खनिएको छ । तर स्तरोन्नति नहुँदा जोखिमयुक्त सडकमै यात्रा गर्नुपर्ने जिल्लावासीको बाध्यता छ ।
 
बीमा दाबी नहुँदा उपचारमा समस्या     
 क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटनामा परेका घाइतेको उपचार गराउन सवारीधनीले सकेका छैनन् । धेरैजसो सवारीधनी आफै चालक हुने, दुर्घटनामा चालकसमेत घाइते हुने र सिट क्षमताअनुसार मात्रै बीमा हुने हुँदा समस्या भएको छ । यात्रुले बीमाको सुविधा नपाउँदा खर्च अभावले उपचारमा समस्या हुन्छ । यसरी क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटना भएका सवारीसाधनले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्तिसमेत दिन सकेका छैनन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)