ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सेखुवा–चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

२०७९ फागुन, ३०  
कोशी प्रदेश
Tvs Raider NA

खोटाङ । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–बेस तयारी अवस्थामा राखिएको र ढलानमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो । सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) लामो सडकखण्ड रू. ३२ करोडको लागतमा कालोपत्र गर्ने जिम्मा कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौंले पाएकोमा निर्माण शुरू गरेको सात वर्षसम्म काम अलपत्र बनेको थियो ।

कजवे निर्माणका क्रममा मापदण्ड विपरीत बालुवा प्रयोग गरिएको भेटिएको समन्वय समिति प्रमुख राईले बताए । ‘निर्माण कम्पनीलाई कम गुणस्तरको निर्माण सामग्री हटाउन तथा माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको स्ट्रक्चर भत्काएर पुन: गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिइएको छ,’ उनले भने ।

२०७५ फागुन ३० सम्ममा सम्पन्न गर्नेगरी उक्त निर्माण कम्पनीले २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रका लागि सम्झौता गरे पनि सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोस्रो म्याद २०७८ असार १३ र तेस्रोपटक थप भएको म्याद २०७८ फागुन ३० गते सकिसकेको थियो ।

नेपाल सरकारले जारी गरेको सार्वजनिक खरीद नियमावलीको १२औं संशोधनअन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएकोमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था नदेखिएको समन्वय प्रमुख राईले बताए । ढिलासुस्ती भएपछि मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयले ठेक्का तोड्न गत मङ्सिर १८ गते सडक विभागसमक्ष सिफारिश गरेपछि कम्पनीले चैत पहिलो सातादेखि डीबीएसटीको काम शुरू गर्ने र वैशाख मसान्तसम्ममा डीबीएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको थियो ।

यसैबीच, मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको पंखुखोला पुल निर्माण रोकिएको छ । म्याद नाघेको वर्षौं बितेपछि निर्माण शुरू भएको पंखुखोला पक्की पुलको काम पुन: रोकिएको हो ।

पंखुखोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरिएकोमा हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिट्टी, बालुवा र सिमेन्ट नदेखिएकाले निर्माण कार्य रोकिएको पाइएको जिसस प्रमुख राईले बताए । निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माण सामग्री ल्याएर उक्त निर्माणाधीन पक्की पुलको काम पुन: गर्न निर्देशन दिइएको बताइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)