ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एसएमएल इसुजुको ‘फ्री सर्भिस’ क्याम्प

२०७९ फागुन, ३०  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुका कमर्शियल गाडीको आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकल्सले एक हप्ताको ‘फ्री सर्भिस’ क्याम्प सञ्चालन गरेको छ । काठमाडौंको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा सोमवारदेखि शुरू भएको क्याम्प शनिवारसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

क्याम्पमा एसएमएल इसुजुका ग्राहकले गाडीका सबै पार्टपुर्जाको नि:शुल्क चेकजाँच र सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा शतप्रतिशत छूट दिइने कम्पनीको भनाइ छ । त्यस्तै विशिष्टीकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्म, लुब्रिकेन्टमा १५ प्रतिशत, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छूट र क्याम्पमा आउने ग्राहकलाई विशेष उपहार प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकका लागि विशेष किसिमको तालीमको पनि व्यवस्था गरिएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)