ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एशियन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश, बोनस शेयर कति ?

२०७९ फागुन, ३०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांशसम्बन्धी प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनी पाउनेछन् ।

फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांशसम्बन्धी प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्ष १४ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्षभन्दा यस वर्ष घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)