ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

२०७९ फागुन, ३०  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले बढेको छ । अघिल्लोदिन अर्थात सोमवार पनि तोलाको ६०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ५ हजार ७०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन अर्थात सोमवार सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २५५ रूपैयाँ कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:०० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९०३ दशमलव १४ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (सोमवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९१२ दशमलव ३७ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य पनि बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ७० पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ५७ पैसा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)