काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार डलरको सन्धर्भदर बढाएको छ ।
केन्द्रीय बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ १० पैसा र विक्रीदर १३१ रूपैयाँ ७० पैसा छ । अघिल्लो दिन अर्थात सोमवार पनि बैंकले अमेरिकी डलरको विनिमयदर १३० रूपैयाँ ९७ पैसा र विक्रीदर १३१ रूपैयाँ ५७ पैसा तोकेको थियो ।
राष्ट्र बैंकले आज प्रतिडलर १३१ रुपैयाँ १० पैसा खरीददर र प्रतिडलर १३१ रुपैयाँ १० पैसा विक्रीदर निर्धारण गरे पनि आज दुई वाणिज्य बैंकको डलरको खरीददर राष्ट्र बैंकले निर्धारण गरेको भन्दा बढी रहेको छ । यस्तै १७ ओटा वाणिज्य बैंकको डलरको विक्रीदर राष्ट्र बैंकले निर्धारण गरेको भन्दा बढी रहेको छ ।
हेर्नुहोस कुन कुन बैंकमा कति छ डलरको विनिमयदर
क्र. सं. | बैंक | नगद खरीददर | नगद विक्रीदर |
१ | कुमारी बैंक लिमिटेड | १३१. ४५ | १३२.०५ |
२ | सनराइज बैंक लिमिटेड | १३०. २० | १३१.४५ |
३ | लक्ष्मी बैंक लिमिटेड | १३०. ७९ | १३२.०५ |
४ | सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड | १३०. ७९ | १३२.०५ |
५ | प्रभु बैंक लिमिटेड | १३०. ८४ | १३२.१ |
६ | प्राइम कमर्सियल बैंक लिमिटेड | १३०. ८४ | १३२.१ |
७ | एनएमबि बैंक | १३०. ७९ | १३२.०५ |
८ | माछापुच्छ्रे बैंक लिमिटेड | १३०. ८४ | १३२.१० |
९ | ग्लोबल आइएमई बैंक | १३०. ७९ | १३२.०५ |
१० | सानिमा बैंक लिमिटेड | १३०. ७९ | १३२.०५ |
११ | नेपाल बैंक लिमिटेड | १३०. १५ | १३१.४ |
१२ | सिद्धार्थ बैंक लिमिटेड | १३०. ७९ | १३२.०५ |
१३ | हिमालयन बैंक लिमिटेड | १३०. ७९ | १३१. ०५ |
१४ | कृषि विकास बैंक लिमिटेड | १३०. ७९ | १३२.०५ |
१५ | नेपाल एसबिआई बैंक लिमिटेड | १३०. ४४ | १३१.७ |
१६ | स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड | १३०. ६१ | १३२. ०० |
१७ | एभरेष्ट बैंक लिमिटेड | १३१. ४५ | १३२.०५ |
१८ | नबिल बैंक लिमिटेड | १३०. ७९ | १३२.०५ |
१९ | नेपाल इन्भेष्टमेण्ट मेगा बैंक | १३०. ७९ | १३२.०५ |
२० | राष्ट्रिय वाणिज्य बैंक | १३०. ७९ | १३२.०५ |
२१ | एनआईसी एशिया बैंक लिमिटेड | १३१. ४५ | १३२.०५ |