ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त

२०७९ फागुन, ३०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनी ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । उक्त आईपीओ  निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनी अध्यक्ष इन्दिरा पन्त र आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका-८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)