काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
कम्पनीले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट फागुन २५ गते अनुमति पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकास्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना सञ्चालनमा गरिरहेको छ ।