ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरेर मासिक डेढ लाख रुपैयाँ कमाउँदै विद्यालय

२०७९ फागुन, ३०  
उपभोक्ता
Tvs Raider Image Not Found
सांकेतिक तस्वीर

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ रुपैयाँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो । 

उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले १ लाख ५७ हजार रुपैयाँ आम्दानी गर्दैआएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए । यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो ।

उपमहानगरपालिकाले आफूले उठाएको करीब ४४ लाख रुपैयाँ विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । २ करोड ३३ लाख रुपैयाँमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा ५ हजार ५ सय रुपैयाँ कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए । तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)