ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सार्वजनिक जग्गा खोज्ने वीरगञ्ज महानगरको अभियान, अतिक्रमित जग्गामा वृक्षारोपण गरिँदै

२०७९ फागुन, ३०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । नगरक्षेत्रको अतिक्रमित जग्गा पत्ता लगाएर वीरगञ्ज महानगरपालिकाले त्यस्तो जग्गमा वृक्षारोपणको तयारी गरेको छ ।

महानगरले वीरगञ्जको वडा नं १७ र १९ कोनियाको अतिक्रमित करीब पाँच बिघा जग्गामा वृक्षारोपण गर्ने भएको हो । महानगरको टोलीले सो जग्गाको नापजाँच गरेर सार्वजनिक र निजी जग्गा छुट्याइ सकेको छ । तारबारका लागि खन्ने कामसमेत शुरू भइसकेको महानगरले बताएको छ ।

सार्वजनिक जग्गामा तारबार गरिने र त्यस्तो जग्गामा वृक्षारोपण गर्ने महानगरेको तयारी छ । वडा नं. १७ का स्थानीय नगर परिषद समस्यसमेतका व्यक्तिले कब्जा गरेको जग्गा महानगरले आफ्नो अधीनमा लिएको थियो । यस्तो जग्गामा वृक्षारोपण गरी संरक्षणको काम थालिने वडा नं १९ का अध्यक्ष मुकेशकुमार चौरसियाले जानकारी दिए ।

महानगरका सार्वजनिक ऐलानी जग्गाहरूको खोजी कार्यको अभियान नै चलाइएको महानगरका प्रमुख राजेशमान सिंहले बताए । यो अभियान ३२ वटै वडामा सञ्चालन हुने पनि नगरप्रमुख सिंहले बताए ।

महानगरमा सार्वजनिक जग्गाको यकीन तथ्यांक समेत नभएकाले खोजी र संरक्षणमा समस्या भइरहेको महानगरका कर्मचारी बताउँछन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)