काठमाडौं । भारतसँग नेपालको व्यापारघाटा उच्च रहे तापनि भारतले ९ ओटा वस्तु नेपालबाट मात्र आयात गर्ने गर्दछ ।
यसरी नेपालबाट मात्र आयात हुने वस्तुको निर्यातमा नेपालले विशेष ध्यान दिन सक्ने हो भने निर्यात व्यापारमा महत्वपूर्ण टेवा पुग्ने निश्चित छ ।
आर्थिक वर्ष सन् २०२१/२२ मा भारतले नेपालबाट मात्रै आयात गर्ने ती वस्तुहरू ५० करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको छ ।
भारतले त्यसरी आयात गर्ने वस्तुहरूमा मुला, कालो चिया, झुसे तिल, चिराइतो, सालको फ्याट, रायो सर्स्युँको पिना,जुटका ब्लिच्ड फेब्रिक लगायतका वस्तु रहेका छन् ।
त्यस्तै पोलिस्टर स्ट्यापल फाइबरर भिस्कस रेयन यार्न लगायतका वस्तु पनि भारतले नेपालबाट मात्रै आयात गर्ने गरेको छ । यसरी नेपालबाट मात्रै आयात गर्ने सन २०२१/२२ मा भारतले ५० करोड ४३ लाख १९ हजार रुपैयाँ बराबरका वस्तु आयात गरेको भारतीय वाणिज्य विभागको तथ्याङ्क छ ।
स्रोत : वाणिज्य विभाग, भारत