ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ठगी प्रकरणमा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित ६ जना कारागार चलान, १ जना धरौटीमा छुटे

२०७९ फागुन, ३०  
विविध
Tvs Raider Image Not Found

काठमाडौं । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले दिएको जानकारीअनुसार उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको सोमवारको आदेशले कारागार पठाइएको हो ।

सीआईवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा छाडिएको राससलाई जानकारी दिए । सीआईवीले नै उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । सीआईवीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो ।

उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्‍याएर ठगी गरेका पाइएको छ ।

अभियुक्तहरुले कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झन्डै ६४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ ।

ठगिनेमा धेरै अमेरिकी नागरिक छन् । उनीहरुले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धाहरुलाई  लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए ।

अभियुक्तहरुले पीडितको बैंक खातामा पहुँच पुर्याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए । 

ठगीका २० आरोपीमध्ये १३ जना फरार छन् । उनीहरुका बारेमा खासै जानकारी नभए पनि खोजी भने जारी रहेको प्रहरी उपरीक्षक थापाले बताए । रासस  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)