ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध चुनिए अनिलकुमार अग्रवाल 

२०७९ फागुन, ३०  
मधेश प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज ।वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी निर्वाचित भएका छन् । मंगलवार उनी पटवारी निर्विरोध चुनिएका हुन् । 

उनी यसअघि संघको प्रथम उपाध्यक्ष थिए । अन्य ९ जना पदाधिकारी पनि निर्विरोध भएका छन् ।  संघको प्रथम उपाध्यक्षमा हरिप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशीषकुमार लाठ र कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार चयन भएको संघको सचिवालयले जानकारी दिएको छ । 

त्यस्तै सचिवमा सुशान्त चाचान र प्रेमचन्द्र गोयल निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा अनोज रुंगटा, सहसचिवमा निरज अग्रवाल र नरेशकुमार अग्रवाल टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् । 

संघको पहिलो कार्यसमिति बैठकले तृतीय उपाध्यक्ष चयन गर्ने वैधानिक व्यवस्था छ । यसअघि ३५ सदस्यीय कार्यसमिति सदस्यसमेत सर्वसम्मत चयन भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)