ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रदेश गौरवको सडक निर्माणले गति लिँदै

२०७९ चैत, १  
सुदूरपश्चिम प्रदेश
Jagdamba Supershine NA

बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण अघि बढेकोे छ । शुरू गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो । आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको थियो ।

शुरूमा ‘ट्र्याक’ खोल्नै ढिला भएकोमा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाका रूपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको छ । अहिले सडककालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जंगबहादुर थापाले बताए । यो सडकको सतबाँझदेखि श्रीभावर खण्डमा साढे ६ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता भएर काम भइरहेको छ । उनले भने, ‘ठेक्का पाएको चन्द्रा एन्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले आगामी जेठभित्र ६ किलोमिटर कालोपत्र गरिसक्ने लक्ष्यसहित कालोपत्रको काम गरिरहेको छ ।’

आगामी जेठ मसान्तभित्रै काम सम्पन्न गर्नेगरी श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयले बताएको छ । सतबाँझदेखि श्रीभावर खण्ड स्तरोन्नति गर्न रू. १२ करोडमा ठेक्का सम्झौता भएको थियो भने श्रीभावरदेखि हाट खण्ड स्तरोन्नतिका लागि १७ करोडमा यसअघि ठेक्का सम्झौता भएको थियो । अहिले दुवै ठाउँबाट सडक स्तरोन्नति गर्ने कार्य शुरू भएको बताइएको छ ।

लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीयवासी पनि उत्साहित भएका छन् । जिल्ला सदरमुकामका साथै भारतीय सीमानाका झुलाघाट जोड्ने छोटो बाटोका रूपमा रहेको यो सडक स्तरोन्नतिपछि सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिकाका साथै बझाङका नागरिकलाई समेत सहज हुनेछ ।

सडक निर्माणले गति लिएपछि खुशी लागेको सुर्नयाका सुरेश महराले बताए । उनले भने, ‘यसअघि कच्ची सडकका कारण हिउँदमा धुलाम्मे हुने र वर्षात्मा हिलाम्मे भएर जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो । अब कालोपत्र भएपछि सहज हुनेछ, सदरमुकाम पनि छिटो पुगिनेछ ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)