ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘जीतपुर सिमरा गोल्ड कप २०७९’मा जगदम्बा स्टील्सको प्रायोजन

२०७९ चैत, १  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जगदम्बा स्टील्सको मुख्य प्रायोजनमा १३औं ‘जीतपुर सिमरा गोल्ड कप २०७९’ हुने भएको छ । नव जनजागृति युवा क्लब सिमरा बाराको आयोजनामा हुने गोल्ड कप सिमरा रंगशालामा हुनेछ । चैत ९ देखि चैत १८ गतेसम्म चल्ने गोल्डकपको लागत रू. १ करोड ६ लाख अनुमान गरिएको छ । गोल्डकपका लागि जीतपुर सिमरा उपमहानगरपालिले रू. २० लाख सहयोग गरेको छ । प्रतियोगितामा प्रथम हुने समूहले रू. १० लाख र द्वितीय हुनेले रू. ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडी मोटरसाइकल पुरस्कार दिइनेछ । विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फील्ड, फरवार्ड, प्रशिक्षक र हाई स्कोररलाई रू. २० हजार उपलब्ध गराइने आयोजकले बताएको छ । प्रत्येक दिन उत्कृष्ट खेलाडीले रू. १० हजार र स्थानीय उदीयमान खेलाडीले रू. १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)