काठमाडौं । विराटनगरका उज्ज्वल भट्टराईले १२औं वैवाहिक वर्षको अवसरमा श्रीमती यशोधा पोखरेल भट्टराईलाई प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमालेख उपहार दिएका छन् । उनले रू. ३० लाख बीमांक रकमको जीवन बीमालेख प्रदान गरेका हुन् । बीमालेख हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डेलगायतको उपस्थिति थियो ।