ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्वरोजगार र समता घरेलु लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति 

२०७९ चैत, १  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् ।

राष्ट्र बैंकले गत फागुन २८ गते यी दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । गत पुस १८ गते यी दुई कम्पनीले मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका-५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक हुन लागेका हुन् ।

हाल समता घरेलु लघुवित्तको चुक्तापूँजी रू. ३४ करोड २७ लाख ४४ हजार रहेको छ । सोही पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव कम्पनीले गरेको छ ।

समता घरेलु लघुवित्तले बोनससँगै करसमेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत  चैत ११ गतेको नवौं वार्षिक साधारण सभामा प्रस्तुत गर्दै छ ।

त्यस्तै स्वरोजगार लघुवित्तले पनि चैत ११ गते २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव वार्षिक साधारण सभामा पेश गर्दै छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)